१५ चैत्र २०८०, बिहीबार

चितवनमा कोरोना संक्रमणबाट आज एकैदिन ७ जनाको मृत्यु, ६३ संक्रमित थपिए

chitwan corona death

चितवनका विभिन्न अस्पतालहरुमा विगत २४ घण्टामा सात जनाको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय चितवनले सार्वजनिक गरेको तथ्यांकमा मृत्यु हुनेमा भरतपुर अस्पतालमा ३ जना, चितवन मेडिकल कलेजमा १ जना, पुरानो मेडिकल कलेजमा २ जना र क्यान्सर अस्पतालमा १ जनाको मृत्यु भएको हो ।

मृतकमध्ये चितवनका १ जना रहेका छन् भने अन्य ६ जना अन्य विभिन्न जिल्लाका रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । विगत २४ घण्टामा विभिन्न अस्पतालबाट आज ३८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।

त्यसैगरी विभिन्न अस्पतालहरुमा ३२३ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये आईसीयूमा १५३ जना, भेन्टिलेटरमा ३७ जना, एचडीयूमा ३५ जना र सामान्य बेडमा १३५ जना रहेका छन् । विगत २४ घण्टामा चितवनमा थप ६३ जनामा कोरोना संक्रमण देखिएको छ । थपिएका संक्रमितमध्ये भरतपुर महानगरका ४६ जना, खैरहनीका २ जना, माडीका ९ जना, रत्ननगरका १ जना, राप्तीका ३ जना, कालिकाको १ जना र इच्छाकामनाको १ जना रहेका छन् । योसँगै चितवनमा संक्रिय संक्रमितको संख्या २७०० पुगेको छ भने आजसम्म कोरोना संक्रमणबाट २२६ जनाको मृत्यु भएको छ ।