७ बैशाख २०८१, शुक्रबार

विवाद बढेपछि महाकाली अस्पतालको अक्सिजन प्लान्ट स्थापनाको ठेक्का रद्द

mahakali hospital pt2021 06 02 09 29 27

महाकाली प्रादेशिक अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाका खोलिएको बोलपत्र (ठेक्का)रद्द गरिएको छ । दोस्रो चरणको कोरोना भाइरस महामारी फैलिएपछि अस्पतालले दुई साताअघि चार करोड रुपैयाँमा अक्सिजन प्लान्ट स्थापनाका लागि आह्वान गरेको बोलपत्र मूल्यांकन प्रक्रियालाई लिएर विवाद देखिएपछि रद्द गरिएको हो ।

अस्पतालले सबैभन्दा कम रकम कबोल गर्ने सप्लायर्सलाई ठेक्का नदिई अन्यलाई दिएको आशंका गरी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा हरिकुमार श्रेष्ठ र अस्पताल व्यवस्थापन समितिलाई विवादमा तानिएको थियो ।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले प्रेस विज्ञप्ति निकालेर विरोध गरेको थियो । नागरिक स्तरको अस्पताल सुधार समितिका केही सदस्यले पनि सामाजिक सञ्जालमा लेखिएका धारणालाई लिएर विरोध गरेका थिए । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्टडेन्ट डा श्रेष्ठले मूल्यांकन प्रक्रिया पूरा नभएर अघि बढेको अवस्थामा विवाद गरिएपछि ठेक्का प्रक्रिया रद्द गरिएको बताए ।