१३ बैशाख २०८१, बिहीबार

निषेधाज्ञाको मारमा परेका प्राविधिकहरुलाई सहयोग जुटाउन थालिन् स्वस्तिमा

swastima khadka

निषेधाज्ञाका कारण ३ सय भन्दा बढी फिल्म प्राविधिकहरुको आर्थिक अवस्था नाजुक भएको समाचार बाहिरिएपछि कलाकारहरु आर्थिक जुटाउन थालेका छन् । आफुले सक्दो आर्थिक तथा खाद्यान्य लगायत प्राविधिकहरुहरुलाई सहयोग गर्नेक्रम जारी रहेको छ ।
यही भिडमा पछिल्लो समयकी चर्चित अभिनेत्री स्वस्तिमा खड्काले सहयोग अभियान सुरु गरेकी छिन् ।

उनले, सामाजिक संजालमा एउटा भिडियो सार्वजनिक गर्दै सहयोग अभियान सुरु गरेको जानकारी दिएकी छन् । उनले सबैलाई सहयोगका लागि आग्रह गरेकी छिन् ।

स्वस्तिमाले एक भिडियो सार्वजनिक गर्दै फिल्ममा काम गर्ने प्राविधिकहरुको अवस्था अहिलेको निषेधाज्ञाका कारण नाजुक भएको कारण आफु भावुक भएको उल्लेख गरेकी छन् । उनले भनेकी छन्,‘यतिबेला हामी असामान्य परिस्थितीसँग गुज्रिरहेका छौं । यस्तो बेलामा सरकारको प्राथमिकतामा चलचित्र उद्योग पर्न सकेको पनि छैन । कोरोनाका कारण अहिले चलचित्र पनि निर्माण भैरहेका छैनन् । जसलेगर्दा सबैभन्दा बढी समस्यामा चलचित्रमा काम गर्ने प्राविधिकहरु परेका छन् । प्राविधिकहरुलाई छाक टार्न समेत समस्या भएको खबर पढ्दा म निकै भावूक भएकी छु ।’

एनले भिडियोमा सबै प्राविधिकहरुमा यस्तो समस्या नभएपनि स्पट ब्वाइहरु बढी आर्थिक तथा खानका लागि समस्यामा आफूले पाएको भिडियोमा उल्लेख गरेकी छन । निषेधाज्ञाको समयसम्म सजिलो मात्र बनाउन सकेको खण्डमा पनि प्राविधिकहरुलाई ठूलो राहत हुने स्वस्तिमाको भनाई छ । उनले, प्राविधिकहरुलाई सहयोग गर्न ९८४१०१७७६४ नम्बरको इसेवा आइडीमा रकम पठाउन आग्रह गरेकी छन् । निषेधाज्ञाका कारण प्राविधिकहरु समस्यामा पर्न थालेपछि चलचित्र क्षेत्रका केही कलाकार अगाडि सरिरहेका छन् । उनले अगाडी भनेकी छन् फिल्म प्राविधिकहरुको निकै नै कमजोर रहेको चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाबाट जानकारी पाएपछि यो अभियान थालेको हो ।