८ बैशाख २०८१, शनिबार

हुम्लामा पहिलोपटक कोरोनाबाट एक जनाको मृत्यु

corona death
फाइल फोटो

हुम्लामा कोरोना संक्रमणका कारण पहिलोपटक एक जनाको मृत्यु भएको छ ।
जिल्ला अस्पताल ल्याउने क्रममा सर्केगार्ड गाउँपालिका – २ को रिप गाउँका ५७ वर्षीय पुरुषको बाटोमै मृत्यु भएको हो ।

उनलाई उपचारका लागि जिल्ला अस्पतालमा ल्याउन लागिएको थियो । जिल्लामा कोरोनाबाट मृत्यु भएको यो पहिलो केश भएको हुम्लाका प्रहरी नायव उपरिक्षक हेरम्भ शर्माले जानकारी दिए ।