१५ बैशाख २०८१, शनिबार

नेकपा एमालेको स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित

uml
फाइल फोटो

आज अपरान्ह ४ बजे बस्ने भनिएको नेकपा एमालेको स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

पार्टी एकताका लागि माधव नेपाल पक्षका दोस्रो तहका नेताहरूसँग वार्ता चलिरहेका बेला बुधवारको बैठक बिहीबारसम्मलाई स्थगित भएको थियो । आजै माधव नेपाल पक्षले केन्द्रीय कमिटी बैठक राखेपछि अबको परिस्थिति हेरेर बैठक बस्नेगरि अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरिएको हो । बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको कार्यालय सचिव शेरवहादुर तामाङे पुष्टि गरे ।

आजै एमालेले पार्टीले कारवाही गरिसकेका व्यक्तिले बोलाएको अनधिकृत बैठकमा सहभागी नहुन केन्द्रीय सदस्यहरुलाई चेतावनी दिएको थियो ।