१४ बैशाख २०८१, शुक्रबार

प्रकृति लेख्छिन्,‘ फिल्म इन्डस्ट्रीमा मैले यौन उत्पीडनको सामना गरे’

prakriti shretha

फिल्म ‘होस्टेल’ बाट अभिनेत्रीको रुपमा डेब्यू प्रकृति श्रेष्ठले आफूले यौन उत्पीडनको सामनामा परेको बताएकी छन् । उनले मंगलवार सामाजिक सञ्जाल इन्स्टाग्राममा एक प्रशंसकले भनाईलाई रिप्लाई दिदै आफु यौन उत्पीडनको सामना गर्नु परेको बताएकी हुन् । ति प्रशंसकले ‘तपाईंले कहिल्यै यौन उत्पीडनको सामना गर्नुभएको छ ?’ भनेर सोधेको थिए ।

उनको जवाफमा प्रकृतिले इन्डस्ट्रीमा काम गर्न सुरु गर्दाको समयमा यौन उत्पीडनको सामना गर्नुपरेको खुलासा गरेकी हुन् । आफु यौन उत्पीडनमा परेको लामो समयपछि उनले यो विषयमा पहिलो पटक मुख खोलेकी हुन् । उनले इन्स्टामा लेखेकी छिन्, ‘हो, मैले यौन उत्पीडनको सामना गरेको छु । जब मैले यो उद्योगमा काम गर्न सुरु गरेको थिएँ त्यसबेला । तर, म उनीहरुको अनुचित कार्यको बारेमा बोल्न डराइन् ताकि तिनीहरूले अर्को पटक मसँग वा अर्को कोहीसँग भेट्नुअघि दुई पटक सोचुन् ।’

फिल्म ‘होस्टेल’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी प्रकृतिले ‘जिन्दगी रक्स र ‘उत्सव’ फिल्ममा अभिनय गरेकी थिइन् । विवाह गरेपछि उनी श्रीमानसँग अष्ट्रेलियामा बस्दै आएकी छन् । करिव ६ वयर्षपछि फिल्म ‘बिहे पास’ को छायांकन सकेकी छन् । म्युजिक भिडियो हुँदै फिल्ममा अभिनय गरेकी प्रकृतिले म्युजिक भिडियोको बारेमा खुलाएकी छैनन् ।