११ बैशाख २०८१, मंगलवार

रिहर्सलको बहानामा किस गर्ने कोशिश गरिएको थियो : जरीन खान

Zareen Khan

फिल्म इन्डस्ट्रीमा कास्टिङ काउचको शिकार भएको एक अभिनेत्रीले खुलासा गरेकी छन् । अभिनेत्री जरीन खानले आफू पनि कास्टिङ काउचको शिकार भएको खुलासा गरेकी हुन् । उनले फिल्मको रिहर्सलको बहानामा एक जना व्यक्तिले किस गर्ने कोशिश गरेको एक अन्तरवार्तामा बताएपछि यो कुरा बाहिरिएको हो ।

उनले अन्तरवार्ताका क्रममा आफुलाई किस गर्न खोज्नेको नाम नभन्ने बताएकी छन् । उनले आफ्नो फिल्म करियरलाई धरापमा पर्ने भन्दै ति किस खान खाज्नेको नाम उल्लेख नगर्ने बताएकी छन् । उनले भनेकी छन्, ‘म ती व्यक्तिको नाम लिन चाहन्नँ तर एक सिनको रिहर्सल गर्ने बहानामा किस गर्न खोजेका थिए । त्यहि समयमा अर्का एक व्यक्तिले मलाई सम्झाउँदै आफ्नो हिचकिचाहट छाड्न आग्रह गरे ।’
उनले त्यो समयमा आफु नयाँ भएको कारण आफुलाई ठिकै लागेको भनेकी छन् । उनले थप भनेकी छन्,‘त्यसबेला म नयाँ थिएँ, यसकारण मलाई यो ठिकै लाग्यो ।’

जरीनले दर्जनौ राम्रा फिल्म दर्शकसामु पस्किएकी छन् । उनले सलमान खान अभिनीत फिल्म ‘वीर’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिइन भने त्यसपछि ‘हाउसफुल २, हेट स्टोरी २, वजह तुम हो, अक्सर २, १९२१’ लगायतका फिल्ममा अभिनय गरिसकेकी छन् । उनी पछिल्लो पटक ‘हम भी अकेले तुम भी अकेले’ मा देखिएकी थिइन् ।