१६ चैत्र २०८०, शुक्रबार

युवराज खतिवडाकाे स्थानमा बामदेवलाई राष्ट्रियसभा लैजाने बारे नेकपामा छलफल

bamdev gautam

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपामा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने बारे छलफल भएको छ ।

शनिवार बसेको नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा लैजान प्रस्ताव गरेका छन् ।

प्रधानमन्त्री ओलीले प्रस्ताव गरे पनि त्यसबारे निर्णय भने भएको छैन । प्रधानमन्त्रीले फागुन २० गतेदेखि रिक्त हुने राष्ट्रपतिबाट मनोनीत कोटामा बामदेवलाई ल्याउने प्रस्ताव गरेका हुन् । राष्ट्रियसभा सदस्यमा अर्थमन्त्री डा। युवराज खतिवडाको कार्यकाल सकिँदै छ । सोही स्थानमा बामदेवलाई ल्याउने ओलीले प्रस्ताव गरेका हुन् ।

नेकपाभित्रको शक्ति समीकरणमा प्रधानमन्त्री ओली एक्लिँदै गएको बेला यस्तो प्रस्ताव ल्याइएको हो । उपाध्यक्ष गौतमले यसअघि राष्ट्रियसभा सदस्यको निर्वाचनमा उम्मेदवार बन्न अस्वीकार गरेका थिए । संविधान संशोधन गरेर राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न सक्ने प्रावधान राख्ने भए मात्र उम्मेदवार बन्ने प्रस्ताव उनले राखेका थिए । तर सो प्रस्तावमा प्रधानमन्त्री सकारात्मक भएका थिएनन् ।

यद्दपी बैठकले यसबारे भने कुनै निर्णय गरेको छैन ।

यस्तै, नेतृत्वलाई जथाभावी बोलेको भन्दै नेकपा प्रदेश–२ अध्यक्ष प्रभु साहलाई स्पष्टिकरण सोध्ने निर्णय पनि बैठकले गरेको स्राेतले बतायाे।