७ बैशाख २०८१, शुक्रबार

चिकित्सकलाई कुट्ने २४ जना पक्राउ

arest

भारतमा चिकित्सकलाई आक्रमण गर्ने २४ जनालाई प्रहरीले पक्राउ गरेको छ । आसामका मुख्यमन्त्री हिमन्त विश्वास शर्माले २४ जना आक्रमणकारीलाई पक्राउ गरिएको बुधबार जानकारी दिए ।

होजाइ जिल्लामा रहेको उडाली केयर सेन्टरमा उपचारका क्रममा कोरोना भाइरसबाट संक्रमित एक बिरामीको मृत्यु भएपछि मंगलबार डा. सेउज कुमार सेनापतिमाथि आक्रमण भएको थियो । चिकित्सकीय सेवा दिइरहेका चिकित्सकमाथि आक्रमण हुनु निन्दनीय भएको भन्दै सर्वत्र विरोध भएको छ ।

स्थानीय प्रहरी अधिकारीहरूले घटनालाई गम्भीरतापूर्वक लिइएको र दोषीलाई कुनै पनि हालतमा उन्मुक्ति नदिइने दाबी गरेका छन् ।

महामारीका विरुद्धमा अग्रमोर्चामा रहेर लडिरहेका चिकित्सकहरूमाथि भएको आक्रमण र व्यवहार अक्षम्य भएको प्रहरी महानिर्देशक भास्कर ज्योति महन्तले बताए ।