१३ बैशाख २०८१, बिहीबार

चुरे उत्खनन गरेर गिट्टी–बालुवा निर्यात गर्दा ठूलो सङ्कट आउनेछ : अध्यक्ष यादव

Upendra yadav

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले ढुङ्गा, गिट्टी, बालुवा निर्यात गर्दा तराई/मधेशमा ठूलो प्राकृतिक सङ्कट आउने बताउनुभएको छ ।

अध्यक्ष यादवले प्रेस विज्ञप्ति निकालेर सरकारले बजेट वक्तव्यमा उल्लेख गरेको खानीजन्य ढुङ्गा, गिट्टी, बालुवा निर्यात वा निकासी गरी व्यापार घाटा कम गर्ने नीति वातावरणीय हिसाबले घातक रहेको बताउनुभएको छ । उहाँले ढुङ्गा, गिट्टीका लागि हुने प्राकृतिक दोहनबाट नकारात्मक पर्यावरणीय असर पार्ने र जसको मूल्य तराई/मधेशमा बसोबास गर्ने मानिसले चुकाउनु पर्ने बताउनुभएको छ । बजेटको घोषणा राष्ट्रघाती भएको भन्दै उहाँले केही व्यवसायीलाई फाइदा गरे पनि यो आम नागरिकको हित विपरीत भएको बताउनुभएको छ ।

jasapa release RMcn5pLmzk 1489x2048 1