११ बैशाख २०८१, मंगलवार

चितवनमा परीक्षा फारम भर्न हिडेकी युवतीलाई टिप्परले ठक्कर दिएपछि..

189519451 3059042644323872 7039839704028368875 n 1 1024x576 1

पूर्वी चितवनको राप्ती नगरपालिकामा टिप्परको ठक्करबाट एक युवती घाइते भएकी छिन् । राप्ती नगरपालिका २, गड्यौलीमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ७ ख ८११९ नम्बरको टिप्परले राप्ती १, लोथर बस्ने २० बर्षीय सेतीमाया पाख्रिन घाईते भएकी हुन ।

घाईतेको अवस्था मध्यम रहेको र थप उपचारका लागि भरतपुरस्थित अलाईभ हस्पिटल रिफर गरिएको चितवन प्रहरीले बताएको छ । सडकबाट १० मिटर टाढा रहेकी पाख्रिङलाई टिप्परले ठक्कर दिएको हो । परीक्षा फाराम भर्न भनेर हिड्न लाग्दा उनलाई टिपरले ठक्कर दिएको हो ।

ठक्कर दिने टिप्पर र चालक ईलाका प्रहरी कार्यालय भण्डाराको नियन्त्रणमा रहेको छ । घटनापछि स्थानियबासी र आफन्तहरु आक्रोशित भएर अन्य टिप्परहरुलाई सडकमा रोकेर केही समय विरोध समेत जनाएका थिए ।