१५ बैशाख २०८१, शनिबार

आठ लाख खोप बोकेर वाइडबडी आइपुग्यो, शिक्षक र सवारी चालकलाई लगाइने

china khop 1024x539 1

चीन सरकारले अनुदानमा दिएको आठ लाख डोज खोप लिन सोमबार बेइजिङ गएको नेपाल वायुसेवा निगमको ए ३३० वाइडबडी आज खोप लिएर काठमाडौं आइपुगेको छ ।

चीनले अनुदानमा प्रदान गर्ने घोषणा गरेको १० लाखमध्ये ८ लाख भेरोसेल खोप लिएर उक्त जहाज मंगलबार अपरान्ह काठमाडौं अवतरण गर्ने निगमले जनाएको छ । उक्त भेरोसेल खोप एक पटक पनि खोप नलगाएका नागरिकलाई दिइने योजना स्वास्थ्य मन्त्रालयले बनाएको छ । चीनबाट आउने खोप लगाउने प्राथमिकतामा शिक्षक, सार्वजनिक सवारीका चालकलगायत रहेका छन् ।

जेठ १२ गते राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपति सि जिङपिङसँगको टेलिफोन वार्तामा गरेको आग्रहअनुसार उक्त खोप नेपाल आउन लागेको हो । यसअघि पनि चीनले ८ लाख भरोसेल खोप दिएको थियो ।

अहिलेसम्म अनुदान र खरिद गरेर ३२ लाख ४८ हजार मात्रा खोप प्राप्त भएको छ । यसमध्ये भारतबाट उपहारका रुपमा १० लाख र खरिदमार्फत १० लाख खोप आएको छ । त्यसैगरी चीनले ८ लाख डोज भेरोसेल खोप दिइसकेको छ । त्यसैगरी कोभ्याक्स फ्यासिलिटीअन्तर्गत अनुदानको साढे तीन लाख खोप नेपाल भित्रिएको छ । अहिलेसम्म २६ लाख ६५ हजार ९८७ जनाले खोप लगाइसकेका छन् । यसमध्ये दुवै डोज लगाउने साढे पाँच लाख मात्रै छन् । पहिलो डोज लगाएको १२ साताभित्र दोस्रो डोज लगाइसक्नुपर्ने भए पनि फागुन २३ पछि कोभिसिल्ड खोप लगाएका ६५ वर्षमाथिका वृद्धवृद्धाले दोस्रो मात्रा लगाउन पाएका छैनन् ।

    सम्बन्धित समाचार...