१४ बैशाख २०८१, शुक्रबार

केशव झाको ‘उठौं मधेसी,जागौं मधेसी’ सार्वजनिक

उठौं मधेसी, जागौं मधेसी’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा जनता समाजवादी पार्टीका नेतासमेत रहेका केशव झाको शब्द, संगीत र स्वर रहेको छ ।

मैथली भाषामा रहेको गीत युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो । भाषा, जाती र धर्मको नाममा शासकर्वगले जालझेल गर्ने र केही प्राप्त नहुने भाव गीतमा समावेश छ ।

झाले अहिलेको परिस्थतीमा राजनीतिक दल र नेताहरुसँगै बस्ने प्रेरणा मिलोस् भन्ने उद्देश्यले गीत ल्याएको बताए ।

    सम्बन्धित समाचार...