१३ बैशाख २०८१, बिहीबार

मंगलबार सुनको मूल्य फेरि बढ्यो

gold

मंगलबार सुनको मूल्य फेरि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत मंगलबार प्रतितोला ३०० रुपैयाँले वृद्धि हुँदै ९४ हजार ५ सय रुपैयाँ पुगेको जनाएको छ ।

सोमबार नेपाली बजारमा छापावाला सुन प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार आज तेजाबी सुनको मूल्य ९४ हजार ७०० रुपैयाँ पुगेको छ । चाँदीको मुल्य एक हजार ३७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।