१४ बैशाख २०८१, शुक्रबार

देउवालाई प्रधानमन्त्री माग गर्दै १४६ सदस्यले दायर गरेको रिटमाथि आज सुनुवाइ नहुने

Supreme Court 43KnAVGEAY

सर्वाेच्च अदालतमा विघटित प्रतिनिधिसभाका १४६ सदस्यले दायर गरेको रिटमाथि आज सुनुवाइ नहुने भएको छ ।

परमादेश लगायतका विभिन्न आदेश माग्दै शेरबहादुर देउवा, प्रचण्ड र माधवकुमार नेपालसहित १४६ सदस्यले सर्वाेच्च अदालतमा विघटित प्रतिनिधिसभा विघटनविरुद्ध हिजो सोमबार रिट दायर गरेका थिए ।

उनीहरुले कांग्रेस सभापति शेरबहादुर देउवाले बहुमतको सरकार बनाउन सक्ने भन्दै प्रतिनिधिसभा पुनःस्थापना गरिदिन माग गरेका छन् ।

सर्वोच्च अदालतमा आज दुई वटामात्र इजलास तोकिएका छन् । दुबैमा प्रतिनिधिसभा विघटन, संविधानको धारा ७६९५० बमोजिम प्रधानमन्त्री नियुक्तिसँग सम्बन्धित २८ वटा रिटको पेसी तोकिएको छैन ।