१५ बैशाख २०८१, शनिबार

मास्कबाटै श्वासप्रश्वासको अवस्था थाहा पाइने

images 1

चिनियाँ टेक कम्पनी शाओमीले श्वासप्रश्वासको मापन पनि गर्न मिल्ने गरीको मास्क उत्पादन गर्ने भएको छ ।

चीनमा अत्यासलाग्दो गरी बढेको वायु प्रदुषणले मानिसहरु समस्यामा परिरहेका बेला शाओमीले श्वासप्रश्वासको पनि मापन गर्न मिल्ने गरी स्मार्ट मास्क बनाउन लागेको हो ।

शाओमीले बनाउन लागेको स्मार्ट मास्कको नयाँ पेटेन्ट पनि दर्ता गराएको छ । कम्पनीले अमेरिकाको पेटेन्ट एण्ड ट्रेड मार्क कार्यालय (युएसपीटिओ) मा सो पेटेन्ट दर्ता गरेको हो ।

शाओमीको पेटेन्ट फाइल अनुसार कम्पनीको स्मार्ट मास्क विभिन्न चार ओटा मोडलमा उपलब्ध हुनेछ । यसमा इन्बेडेड कम्प्युटिंग युनिट रहने छ ।

यसमा एक प्रोसेसर पनि समावेस रहेको हुन्छ जसले मास्कको फ्यानमा रहने सेन्सरबाट सबै डाटालाई गणना गर्ने गर्दछ । त्यसपछि यी डाटाहरु मेमोरी मोड्युलमा स्टोर हुने छन् ।

यसबाहेक मास्कमा जडान गरिएको एक मोड्युलबाट सबै डाटा रिले हुनेछन् । यी कामका लागी चाहिने पावरको लागी मास्कमा इनबिल्ट ब्याट्री राखिएको रहेको हुनेछ । यी सबैका लागी स्मार्ट मास्कमा स्ट्यान्डर्ड फिल्टर हुनेछ ।

यस स्मार्ट मास्कले यसलाई लगाएको समयलाई प्रदुषण शोषण मापनसँगै रेकर्ड गर्न सक्नेछ । कम्पनीले यसमा सेन्सरहरुको प्रयोग गरि प्रदुषण शोषणको मात्रालाई काउन्ट गर्न सक्ने बनाउने छ ।

यस स्मार्ट मास्कको लागी एक एप ल्याईने अनुमान लगाइएको छ जसमा मास्कले रेकर्ड गरेको र क्याल्कुलेट गरेको डाटालाई पठाउने छ ।यस मास्कले उपभोक्तालाई सेन्ट्रल सर्भरको प्रयोग गरेर एयर क्वालिटी इन्डेक्सको जानकारी पनि प्रदान गर्ने छ ।

यस स्मार्ट मास्कमा धेरै प्रकारका सेन्सरहरु रहने छन् । जसले एक्सेलेरोमीटर र जाइरोस्कोपको माध्यमबाट श्वासप्रश्वासको क्रमलाई मापन गर्ने तथा उपभोक्ताको गतिलाई मापन गर्नेछ ।

    सम्बन्धित समाचार...