७ बैशाख २०८१, शुक्रबार

जनकपुरधाममा राष्ट्रपति र प्रधानमन्त्री बिरुद्ध मसाल जुलुस प्रदर्शन

julus 1137x570 1

प्रधानमन्त्री केपी ओलीद्धारा गरिएको संसद विघटनको प्रस्तावलाई राष्टपति विद्या भण्डारीले सदर गरेपछि संयुक्त विपक्षी गठवन्धनले जनकपुरधाममा मशाल जुलुस प्रर्दशन गर्दै विरोध जनाएको छ ।

जनकपुरधाममा आइतवार साझ जनता समाजवादी पार्टी उपेन्द्र यादव पक्ष ,माओवादी केन्द्र,एमाले माधव नेपाल पक्षका नेता तथा कार्यकताहरुले जनकपुरधामको जनकचौकमा मशाल जुलुस सहित विरोध प्रर्दशन गरेको हो । कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै सरकारले लगाएको निषेधाज्ञाको समेत उलंघन गर्दै जुलुसले प्रधानमन्त्री ओली र राष्टपति विद्या भण्डारी विरुद्ध प्लेकार्ड तथा कडा नारवाजी गर्दै मशाल जुलुस समेत प्रर्दशन गरेको छ । नारावाजी गर्दै जनकचौक देखि अगाडी बढन खोजेको जुलुस माथि प्रहरीले लाठीचार्ज गर्न खोजेपछि विरोधको कार्यक्रम समापन गरिएको थियो ।