५ असार २०७८, शनिबार

माधव नेपालसहित ११ सांसदसँग २४ घण्टे स्पष्टीकरण माग

1616752441 pic 1200x560 1
फाइल फोटो

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालसहित ११ सांसदसँग स्पष्टीकरण माग गर्नुभएकाे छ ।

अध्यक्ष ओलीले नेपाल समूहका ११ जना सांसदलाई २४ घण्टे स्पष्टिकरण माग गरिएकाे पत्र पठाउनुभएकाे हाे । ओलीले प्रत्येक्षतर्फका सांसदहरु माधवकुमार नेपाल, झलनाथ खनाल र भीम रावल तथा ९ जना समानुपातिक सांसदहरुलाई २४ घण्टे समयसीमा तोकेर स्पष्टिकरण पत्र पठाएको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभएकाे छ । हिजाे बसेकाे एमाले स्थायी कमिटी बैठकले ११ सांसदसँग स्पष्टीकरण माग गर्ने निर्णय गरेकाे थियाे ।