१४ बैशाख २०८१, शुक्रबार

विश्वकप फुटबल आयोजना गर्न प्रस्ताब, प्रत्येक दुई वर्षमा विश्वकप !

FIFA World Cup Trophy is presented after the FIFA Executive Committee Meeting on October 20 2011 in Zurich Switzerland.

विश्व फुटबलको सर्वोच्च संस्था (फिफा) ले सन् २०२४ पछि विश्व फुटबलको क्यालेन्डरमा व्यापक परिवर्तन गर्ने घोषणा गरेको छ। फिफाले प्रत्येक दुई वर्षमा विश्वकप आयोजनाका विषयमा खुला रुपमा छलफल गर्नुपर्नेमा जोड दिएको छ।

विश्वकप फुटबलको आयोजना प्रत्येक दुई वर्षमा गर्ने प्रस्ताबमाथि सम्भाब्य अध्ययन गर्ने भएको छ । सऊदी अरेबिया फुटबल फेडेरेशन(साफ)ले फिफाको वार्षिक कँग्रेसमा उक्त प्रस्ताब ल्याएको हो ।

फिफाको ७१ औ कंग्रेसमा प्रत्येक दुई वर्षमा विश्वकप फुटबल प्रतियोगिता आयोजना गर्ने बारे सम्भाव्यता अध्ययन गर्ने विषयमा अधिकांश सदस्यले समर्थन जनाएका थिए। विश्वकप फिफाको आम्दानीको मुख्य स्रोत हो। फिफाले सन् १९३० बाट पुरुष र सन् १९९१ देखि महिला विश्वकप फुटबल प्रत्येक चार वर्षको अन्तरालमा आयोजना गर्दै आएको छ।

सम्भाब्य अध्ययनमा छनोट प्रतियोगिता समेत समेटिनेछ । साफका अध्यक्ष यासेल अल मिसेहलले फुटबलको भविष्य अत्यन्त आलोचनात्मक मोडमा पुगेको बताउनुभयो । फुटबलले सामना गरिरहेको थुप्रै मुद्दा महामारीले गर्दा अझै बढ्दो अवस्थामा छ ।

“खेलको स्वरुपमाथि पुनरावलोकन गर्नु जरुरी भएको छ, थोरै तर राष्ट्रिय टोलिको अर्थपूर्ण प्रतियोगिताले खेलाडीको हित समेत सम्बोधन गर्नेछ र यसले खेल र प्रतियोगिताको मूल्य मान्यता समेत बढाउनेछ ।”– उहाँले बताउनुभयो ।
सऊदी अरेबियाको उक्त प्रस्ताबमा १६६ राष्ट्रले समर्थन गरेको छ । २२ राष्ट्रले उक्त प्रस्ताबको बिपक्षमा मतदान गरेको हो । सन् १९३० मा पहिलो पटक पुरुष विधातर्फको विश्वकप फुटबल प्रतियोगिताको सुरुवात भएदेखि प्रत्येक चार वर्षको अन्तरालमा हुँदै आएको छ ।

फिफाका फुटबल विकास समितिका निर्देशक आर्सेन वेंगरले गत मार्चमा विश्वकप र युरोकपलगायत अन्य अन्तर्राष्ट्रिय प्रतियोगिता प्रत्येक दुई वर्षमा आयोजना गर्नुपर्ने सुझाव दिएका थिए। तर, युरोपियन लिग खेल्ने ३७ क्लबहरूले भने वेंगरको सुझाव अव्यवहारिक भएको भन्दै त्यसको विरोध गरेका थिए। विरोधका बाबजुद पनि फिफाले यस बारे सम्भाव्यता अध्ययन गर्न लागेको हो।

फिफा अध्यक्ष जियानी इन्फान्टिनोले पनि मार्चमा सन् २०२४ को विश्वकप फुटबलपछि अन्तर्राष्ट्रिय फुटबल क्यालेन्डरमा हेरफेर गर्न तयार रहेको र वेंगरको सुझावमाथि पनि छलफल चलाउने बताएका थिए।

ब्रोडकास्टरहरूलाई आकिर्षित गर्न प्रत्येक दुई वर्षमा विश्वकप आयोजना गर्ने प्रस्ताव राम्रो भए पनि सम्बन्धित राष्ट्रको फुटबल संघ, लिग र क्लबले खेलाडीले आराम नपाउने भन्दै विरोध हुन सक्नेमा भने फिफा सचेत देखिएको छ।

प्रत्येक दुई वर्षमा विश्वप फुटबल आयोजना भएमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलले पूर्णविराम पाउनेछ भने फिफाको छनोट संरचनामा पनि व्यापक परिवर्तन गर्नुपर्ने देखिएको छ। फिफाले सन् २०२४ बाट च्याम्पियन्स लिगमा समेत नयाँ संरचनाको सुरुवात गर्दैछ। त्यसैले पनि क्लबहरू आफ्ना खेलाडी व्यस्त खेल तालिकाका कारण घाइते हुने भन्दै फिफाको प्रस्तावको विपक्षमा उभिँदै आएका छन्।

सन् १९४२ र १९४६ मा भने दोस्रो विश्वयुद्धको कारण विश्वकप फुटबल स्थगित हुन पुगेको थियो । महिला विधातर्फको विश्वकप फुटबल सन् १९९१ बाट सुरु भएको हो ।