१५ चैत्र २०८०, बिहीबार

बहुमत सांसदको हस्ताक्षर लिएर हामी अदालत जाँदैछौँः प्रचण्ड

Prachanda Sambodhan pokhara
फाइल फोटो

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बहुमत सांसदको हस्ताक्षरसहित अदालतमा रिट टायर गर्ने बताएका छन् । संयुक्त दलको बैठकपछि संचारकर्मीहरुसंग कुरा गर्दै प्रचण्डले षड्यन्त्रपूर्ण रुपमा संसद विघटन गरिएको भन्दै त्यसको प्रतिवाद गर्ने बताएका हुन् ।