६ बैशाख २०८१, बिहीबार

बुढानीलकण्ठमा विपक्षी गठबन्धनको बैठक सकियो, तीन बजे फेरि बस्ने

deuba prachanda upendra 1024x498 1

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनको आह्वान गरेपछि विपक्षी गठबन्धनको दौडधुप बढेको छ ।

सोही अनुरुप कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको विपक्षी गठबन्धनको बैठक सकिएको छ । बैठक सकिए पनि निश्कर्ष निस्किएको छैन । अपराह्न तीन बजे फेरि बैठक बस्ने भएको छ ।

देउवा निवासमा बसेको बैठकमा सरकारको विकल्पबारे छलफल भएको एक नेताले बताए ।