१३ बैशाख २०८१, बिहीबार

चीनबाट उद्धार गरी ल्याइएका मानिस सवार बसमाथि युक्रेनमा प्रदर्शनकारीबाट आक्रमण

protest over

चीनको उहानबाट उद्धार गरी ल्याइएका मानिस सवार बसमाथि युक्रेनमा आक्रमण भएको छ ।

कोरोनाभाइरसबाट जुधिरहेको चीनबाट फिर्ता ल्याइएका युक्रेनी नागरिक सवार बसमा दर्जनौं प्रदर्शनकारीले आक्रमण गरेका छन्।

ती युक्रेनी नागरिकहरूलाई १४ दिनको क्वारेन्टाइनका लागि नोबी सान्जारीस्थित अस्पताल लगिदैं गर्दा स्थानिय प्रदर्शनकारीहरूले भाइरस आफ्नो क्षेत्रमा फैलन सक्ने भन्दै आक्रमण गरेका हुन्।

आक्रमण भएपछि युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले स्थानिय जनताहरूलाई एकजुटता देखाउन र आफूहरू सबै मानव भएको सम्झन अपिल गरेका छन्।

110980862 6d064284 cda3 43e3 8354 eacb96fd78f9

बिहीबार कोरोनाभाइरसबाट पीडित चिनियाँ शहर वुहानप्रान्तबाट ४५ युक्रेनी नागरिकसँगै २७ विदेशी नागरिकहरूलाई पूर्वी युक्रेनको कारकिभ ल्याइएको थियो।

६ वटा बसमा राखेर उनीहरूलाई अस्पताल लगिदैं गर्दा स्थानीय प्रदर्शनकारीहरूले ती बसहरूमा ढुङ्गा र आगोका गोलाहरु प्रहार गरेका थिए।

त्यहाँको स्वास्थ्य मन्त्रालयले वुहानबाट उद्धार गरेर ल्याइएका कोहीमा पनि कोरोनाभाइरसको संक्रमण नरहेको स्पष्ट पारेको छ।

त्यसैगरी युक्रेनको कुटनीतिक मिसनले उद्धार गरेर ल्याउने क्रममा तीन युक्रेनी र एक कजाख नागरिकमा ज्वरो देखिएपछि उनीहरूलाई चीनमा नै छोडेको जनाएको छ।

आक्रमण भएपछि युक्रेनका प्रधानमन्त्री, स्वास्थ्यमन्त्री तथा आन्तरिक मामिला मन्त्रीले त्यहाँ पुगेर तनाव मत्थर गर्ने प्रयास गरेका छन्। एजेन्सी

110980864 522adc2d ada9 4607 a628 69b4d9e152cc