
कैलालीमा नेपाली सेनाको महिला सैनिकले पनि कोरोना संक्रमित मृतकको शव व्यवस्थापनमा खटिएको छ। शव व्यवस्थापनका लागि भवानी दल गण कैलालीकी उपसेनानी शशि खड्काको कमाण्डमा ५ जना महिला सैनिक खटाइएको भवानीदल गण कैलालीले जनाएको छ।
महिला तथा बालबालिकाको शव व्यवस्थापनका लागि तालिम प्राप्त महिला सैनिक खटाइएको भवानी दल गणका गणपति तथा प्रमुख सेनानी विकास केसीले बताए। यस अघि नेपाली सेनाको पुरुष सैनिकले मात्रै सव व्यवस्थापन गर्दै आईरहेको थियो ।

