८ बैशाख २०८१, शनिबार

दीपाश्री चलचित्रकर्मी कल्याण कोष सञ्चालक समितिमा नियुक्त

Deepa Shree Niraula

चलचित्रकर्मी कल्याण कोष सञ्चालक समितिको सदस्यमा निर्देशक तथा हास्यकलाकार दीपाश्री निरौला मनोनीत भएकी छन् । उनलाई चलचित्र विकास बोर्डले चलचित्रकर्मी कल्याणकोष (स्थापना तथा सन्चालन कार्यविधि,२०७५ को दफा (५) बमोजिम चलचित्रकर्मी कल्याणकोष सञ्चालक समितिको सदस्य पदमा मनोनयन गरिएको हो ।

उनको कार्यकाल मिति २०७८ ०१÷०१ देखि २०७९ चैत्र मसान्तसम्मलाई रहेको छ । निर्देशक निरौलाले आफुलाई चलचित्रकर्मी कल्याण कोष सञ्चालक समितिको सदस्यमा नियुक्त गरेकामा खुसी व्यक्त गरेकी छन् । उनले सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गर्दै ‘चलचित्रकर्मी कल्याण कोषको सञ्चालक समितिमा मलाई सदस्य नियुक्त गर्नु भएकोमा धेरै खुसी लाग्यो । मैले सकेको देखेको सबै सेवा मनदेखी गर्नेछु,’ लेखेकी छन् ।