१६ चैत्र २०८०, शुक्रबार

तीन वर्ष देखि विद्यार्थी भने एउटै कक्षामा

students
फाइल फोटो

यतिबेला कोरोना महामारीको नयाँ भेरियन्टको सहितको महामारीले गर्दा विभिन्न क्षेत्रमा नराम्ररी प्रभाव परेको छ । तीनै मध्ये शिक्षाक्षेत्र पनि महामारीले गर्दा निकै नै प्रभावित बन्न पुगेको छ ।

गत वर्ष कोरोनाको सुरुको लहरमा पनि शिक्षाक्षेत्र सँगै विभिन्न क्षेत्र निकै धरासायी भएर लामो समय सम्म बन्द हुनुपरेको अवस्था थियो । तर लामो समयपछि महामारीको समस्या टरेजस्तो हुनैलाग्दा केही सहजता भयो । कोरोना महामारी पछिको केही समयमा थोरै सहजता भएको भएता पनि कोरोनाकै अन्योलमा परेर शिक्षा सँग जोडिएको त्रिभुवन विश्वविद्यालयले भने तिन वर्ष सम्म परिक्षा सञ्चालन गर्न सकेको छैन ।

परिक्षा सञ्चालन गर्न नसक्दा विद्यार्थीले भने तिन वर्ष सम्म पुग्न लाग्दा समेत एउटै कक्षा पढ्नु पर्ने अवस्था सृजना भएको छ। “कोरोना महामारी सुरु भएको झण्डै तिन वर्ष भएको छ, यस बिचमा विभिन्न विश्वविद्यालय विभिन्न तवर तरिकाले परिक्षा संचालन गरेर नतिजा पनि प्रकाशन गरेको अवस्था छ ।” सिद्धनाथ विज्ञान क्याम्पस महेन्द्रनगरका विद्यार्थी सिएम भट्टले भने, “त्रिभुवन विश्वविद्यालय मुलुककै ठूलो र पुरानो विश्वविद्यालय हो, तर विश्वविद्यालयले तिन वर्ष पुग्न लाग्दा समेत परिक्षाको बाटो नअपनाउँदा विद्यार्थीलाई भने समस्या भएको छ ।”

सामान्य तिन घण्टको कक्षाको लागि परिक्षाको लागि ति वर्ष कुर्नु परेको उनले बताए । परिक्षा मुल्याङ्कन गर्ने अन्य विधि पनि भएकोले परिक्षा सञ्चालन नहुँदा विद्यार्थीको भविस्थ माथी नै खेलवाड भएको विद्यार्थीको भनाई छ ।

कोभिड–१९ समय भनेको शिक्षा क्षेत्रको लागि समस्या मात्र नभई सामाधानको अवसर पनि भएको छ । परम्परागत शिक्षा प्रणालीको परिक्षा प्रणालीलाई आधुनिकता सँग जोड्नका लागि पनि सजिलो भएको भन्दै विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीको परिक्षा समयमै समपन्न गरिदिनु पर्ने विद्यार्थी भट्टको भनाई छ । यसैगरी सिद्धनाथ विज्ञान क्याम्पसमै पढ्ने अर्का खेमराज फुलाराले समयमै परिक्षा सञ्चालन नहुँदा धेरै जस्तो विद्यार्थी डिप्रेसनको शिकार हुन सक्ने बाध्यात्म स्थिती सृजना हुन लागेको बताए ।

“महामारीका कारणले लगाइएको लकडाउन गर्दा विश्वविद्यालयमा रोकिएका परिक्षाहरुलाई संचालन गर्न नसकिएका कारणले गर्दा तिन वर्ष सम्म एउटै कक्षामा बस्दा मानसिक तनाव झेल्नु परेको छ ।” विद्यार्थी खेमराज फुलाराले भने, “विश्वविद्यालयले भविस्य अन्यौलमा रहेका विद्यार्थीको परिक्षा सञ्चालनका लागि थथासिघ्र सोच्नु पर्ने बेला आएको छ ।”

तिन वर्ष देखि एउटै कक्षामा भएको कारणले आफूहरु अन्यौलमा परेको उनको भनाई छ । देशभर त्रिभुवन विश्वविद्यालयका विभिन्न आङ्गिक क्पाम्पस रहेका छन् । तर त्रिभुवन विश्वविद्यालय भन्दा अन्य विश्वविद्यालयले पनि वैकल्पिक विधिबाट परिक्षा सञ्चालन गरिसकेको अवस्था छ ।

यता त्रिभुवन विश्व विद्यालयअन्तरगतका आङ्गिकक क्याम्पसहरुले पनि महामारीको कारणले गर्दा विद्यार्थी सँगै क्याम्पसलाई पनि समस्या परेको जनाएका छन् । सिद्धनाथ विज्ञान क्याम्पस महेन्द्रनगरका प्रमुख थानेश्वर तिवारीले महामारीले विद्यार्थी जिवन सँगै क्याम्पस क्षेत्र समग्रलाई घाटा गरेको बताए ।

“महामारीको असर शिक्षा क्षेत्रमा नपर्ने भन्ने हुँदैन, एकदमै धेरै असर परेको छ, महामारीकै कारणले चार वर्षको कोर्ष छ वर्षमा धकेलिएको छ ।” सिद्धनाथ क्याम्पस महेन्द्रनगरका प्रमुख तिवारीले भने, “परिक्षा सञ्चालन गर्ने विषयमा अहिलेको उपयुत्तल माध्यम भनेको अनलाइन परिक्षा नै हो, तर त्रिभुवन विश्वविद्यालय अन्य विश्व विद्यालय अन्य विश्वविद्यालय भन्दा ठूलो र फरक क्षमताको छ यसले गर्दा सम्भव भने त्यती धेरै नभएको अवस्था पनि हो ।” उनका अनुसार अहिलेको अवस्थामा महामारीको अवस्था न्युनिकरण कहिले हुने भन्ने यकिन नभएको अवस्थामा विभिन्न योजना निमार्ण गरेर अनलाइन परिक्षा सञ्चालन गनुपर्ने उपयुक्त हुने उनले बताए ।

त्रिभुवन विश्व विद्यालयले अहिले अललाइन कक्षा भने सञ्चालन गर्दै आएको अवस्था छ । अनलाइन परिक्षा त्यती प्रभावकारी नदेखिएपनि समस्याको सामाधान भनेको अनलाइन परिक्षा नै भएको प्रमुख तिवारीको भनाई छ ।विश्वविद्यालयलाई सिमित श्रोतसाधन भएको कारणले पनि अनलाइन परिक्षा सञ्चालन गर्न समस्या भएको छ।अनलाइनको सिमितता भएपनि प्रभावकारी बनाउँदै जाने हो भने प्रभावकारी हुने उनको भनाई छ ।