१४ बैशाख २०८१, शुक्रबार

दुई लाख ५० हजार बराबरको तस्करीको मोबाइल बरामद

mobile lPTOP 1
फाइल फोटो

रौतहट प्रहरीले दुई लाख ५० हजार बराबरको अवैध मोबाइल बरामद गरेको छ । निषेधाज्ञाको मौकाछोपी भारतीय बजारबाट अवैध रूपमा भित्र्याउन लागेको विभिन्न ब्रान्ड को मोबाइल प्रहरीले बरामद गरेको हो ।

ईशनाथ न.पा.४ लतमरी स्थितमा चेकजाँचको क्रममा Android मोवाईल Redmi -७ थान, Relme ४ थान, Oppo १ थान दुई लाख पचास हजार बराबरको बरामद भएको एसपी सिद्दीबिक्रम शाहले बताउनुभयो ।

प्रहरी गस्ती टोलीलाई देखेपछि तस्कर भने फरार भएकाले सो बारे थप अनुसंधान भैरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।