१४ बैशाख २०८१, शुक्रबार

स्वास्थ्य मन्त्री र सामाजिक विकास मन्त्रीको राजीनामा माग

2 13 750x375 1

कोरोना संक्रमितहरुको उपचारमा चरम लापरबाही भइरहेको भन्दै संघीय सरकारका स्वास्थ्य मन्त्री ह्यदेश त्रिपाठी र प्रदेश २ का समाजिक विकास मन्त्री नवलकिशोर साहको माग्दै यूवाहरुले प्रदर्शन गरेका छन् ।

प्रादेशिक अस्पताल अगाडी स्थानीय दर्जनौं यूवाहरुले शनिवार सामाजिक दुरीमा बसेर मन्त्री त्रिपाठी र मन्त्री साहको राजीनामा माग गरेका हुन् । कोरोना संक्रमितलाई उपचारमा चरम लापरबाही भइरहेको भन्दै उनीहरुले राजीनमा माग गरेका छन् । प्रदर्शनमा सहभागी यूवाहरुले कोरोनाको उपचार निःशुल्क गर, जनता मार्न पाइँदैन, अक्सिजनको व्यवस्था गर जस्ता नारा लेखिएको प्लेकार्ड बोकेका थिए ।

प्रादेशिक अस्पताल जनकपुरले सञ्चालन गरेको कोभिड वार्ड विवादित बनेको छ । नाम मात्रको कोभिड वार्ड राखेर विरामीको ज्यान लिने गरेको आरोप पटक पटक लागेको छ । तीन दिनअगाडी मात्रै उपचारमा डाक्टरले लापरबाही गरेको भन्दै विरामीका दुई छोराले भेन्टिलेटर नै तोडफोड गरेका थिए । कोभिड वार्डमा अक्सिजनको व्यवस्था समेत गरिएको प्रादेशिक अस्पतालको दावी छ । तर विरामीका आफ्न्तले भने बाहिरबाट अक्सिजन ल्याउनुपरेको पाइएको छ । आफ्न्त कोभिड वार्डमा छटपटाइरहेपनि अक्सिजन नदिएपछि एक महिलाले बाहिरबाट ल्याइन् । औषधी समेत कोभिड वार्डमा नदिने गरेको विरामीका आफ्न्त बताउँछन् ।