८ बैशाख २०८१, शनिबार

बैतडीमा चरेससहित दुई जना प्रहरीको नियन्त्रणमा

arest
सांकेतिक तस्विर

बैतडीमा चरेससहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । शनिबार दिउँसो सुर्नया गाउँपालिका ६ को शंकरपुरबाट सुर्नया ५ को विष्टपालीतर्फ जाँदै गरेको अवस्थामा सुपप्र ४००१ प ००१५ नम्बरको मोटरसाइकलमा सवार सुर्नया ५ रौलेश्वरका अन्दाजी ३० वर्षका सुरेश विष्ट र २५ वर्षका प्रकाश विष्टलाई स्थानीय रौलेश्वर प्रहरी चौकीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए ।

उनका अनुसार प्रहरीले जाँचको क्रममा सोधपुछ गर्दा सुरेशले बोकेको झोलामा करिब ७ सय ग्राम चरेस भेटिएको हो । यसबारे थप अनुसंन्धानका लागि इलाका प्रहरी कार्यालय पाटबाट प्रहरी नरीक्षक सहितको टोली घटनास्थलमा गएको प्रहरीले बताएको छ ।