१३ बैशाख २०८१, बिहीबार

पहिलो संस्करणको सुपर लिगको उपाधि काठमाडौंलाई

yyyy2021 05 15 07 33 08

नेपालमा पहिलो पटक भएको फ्रेन्चाइज फुटबल प्रतियोगिता खुकुरी नेपाल सुपर लिग (एनएसएल) को उपाधि काठमाडौंले जितेको छ ।

शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा धनगढी एफसीलाई १–० ले पराजित गर्दै काठमाडौंले उपाधि उचालेको हो । काठमाडौंको जितका लागि खेलको २१ औं मिनेटमा मेसौके ओलोमोउले गरेको गोल नै निर्णायक बन्यो । मेसौकेको यो लिगको आठौं गोल हो । लिगका उनी सर्वाधिक गोलकर्ता हुन्

नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना यो प्रतिस्पर्धाको विजेता काठमाडौंले ट्रफीसहित ३५ लाख रुपैयाँ पाएको छ । उपविजेता धनगढीले भने १५ लाखमा चित्त बुझाएको छ ।

    सम्बन्धित समाचार...