१३ बैशाख २०८१, बिहीबार

अन्तरिक्षमा फिल्म ‘च्यालेञ्ज’ सुटिङ गर्ने कलाकार छनोट

owaoies7mgj2rbqa 1620956509

रसियाले अन्तरिक्षमा सुटिङ गर्ने कलाकार छनोट गरेको छ ।

फिल्म छायांकनका लागि आफ्नो देशको प्रख्यात अभिनेत्री तथा अवार्ड विजेता निर्देशकलाई पठाउने भएको हो।

समाचार एजेन्सी रोयटर्सका अनुसार क्यामरा पछाडि सघाउने दुई र दुई कलाकार गरी चार जनालाई रोसमोकस एजेन्सीले छानेको जनाएको छ ।

रुसले ३६ वर्षीया युलिया पेरेसिल्ड र ३७ वर्षे क्लिम सिपेन्कोलाई आगामी अक्टोबर ५ मा रसियन रकेटमा रसकर्फत अन्तरिक्षमा पठाउन लागेको हो । फिल्मको नाम ‘च्यालेञ्ज’ राखिएको छ । अन्तरिक्षमा सुटिङ हुने यो पहिलो फिल्म हुने छ ।

अन्तरिक्षमा सुटिङका लागि यो टोली अक्टोबर ५ मा जाने कार्यक्रम रहेको छ । यो फिल्मको वर्किङ टाइटल ‘च्यालेन्ज’ राखिएको छ । चार जनाले यही महिनाको अन्त्यबाट अन्तरिक्ष जाने फ्लाइटमा अभ्यास थाल्ने बताइएको छ ।

russia outer space film

रसियाले अडिसनबाट दुई जनालाई छनोट गरेको हो । अडिसनबाट छानिएकोमा ३६ वर्षीय युलिया पेरेसिल्ड अभिनेत्री र क्लिप सेपेन्को निर्देशक रहेका छन् । क्लिप सेपेन्का अवार्ड विजेता निर्देशक हुन् । ३६ वर्षीय युलियाले १९ जना प्रतिस्र्धीलाई अडिसनमा पछि पार्दै यो फिल्म हात पारेकी हुन् ।

यी बाहेक एजेन्सीले ३३ वर्षीय अभिनेता अलेना मार्डोभेना र ४० वर्षीय अलेक्सेई डुडिन पनि अन्तरिक्षमा जाने क्रुमा रहेका छन्। तर, उनीहरूलाई जगेडा क्रुको रुपमा राखिएको हो ।

यसअघि नासा र टम क्रुजले पनि अन्तरिक्षमा सुटिङ गर्ने जनाएका थिए । गत साल टम क्रुज र एलन मस्कले यसको घोषणा गरेका थिए । तर, यो फिल्म कहिले सुटिङमा जाने टुंगो छैन । ‘च्यालेन्ज’ले अन्तरिक्षमा बिरामी परेका अन्तरिक्षयात्रीको उपचारका लागि पृथ्वीबाट जाने महिला सर्जनको कथा पेश गर्ने बताइएको छ ।

यो सबै प्रोजेक्टलाई रसियन स्टेट टेलिभिजन च्यानल वानले कभर गर्नेछ । फिल्मको सह–निर्माता रसकसमसका प्रमुख डिमित्री रोगोजिन र च्यानल वान निर्देशक कन्स्टेन्टिन इर्नस्ट छन् ।

पेरिसिल्डले ‘द एज’ र ‘बेटल फर सिभास्टोपोल’ जस्ता ठूला रसियन फिल्ममा अभिनय गरेकी छन् । उनी आर्टिष्ट अफ रसियन फेडरेसनबाट सम्मानित समेत भइसकेकी छन् ।

सिपेन्कोले सन् २०१९ मा निर्देशन गरेको कमेडी फिल्म ‘सर्फ’ले बक्सअफिसमा ४२ मिलियन भन्दा बढी डलर कमाई गरेको थियो । उनी आफैंमा अभिनेता हुन् ।

अभिनेता क्रुज निर्देशक डाउग लिमानसँग अन्तर्राष्ट्रिय स्पेस स्टेसनमा जानेछन् । नासाका अनुसार इलोन मस्कको स्पेस एक्स रकेट कम्पनी यो अभिनयमा सामेल हुनेछ ।

    सम्बन्धित समाचार...