११ बैशाख २०८१, मंगलवार

बाँकेमा थप १० जना कोरोना संक्रमितको मृत्‍यु

coronavirus dead body
फाइल फोटो

बाँकेमा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । विभिन्न अस्पतालमा उपचारकाेक्रम संक्रमितको मृत्यु भएको हो। बैशाख २९ बुधबार दिउँसो ४ बजे देखि बिहीबार बैशाख ३० बिहिबार बिहान ८ बजेसम्म यी संक्रमितको मृत्यु भएको छ।

जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका तेज ओलीका अनुसार मृतक मध्ये ६ जना बाँके, २/२ जना बर्दिया र दाङका रहेको उनले बताए ।
भेरी अस्पतालमा उपचाररत नेपालगन्ज उपमहानगर-१ की ४३ वर्षीया महिलाको बुधबार दिउँसो ४: ४५ बजे र बाँकेकै नेपालगन्ज उपमहानगर १२ की २९ वर्षीया महिलाको बिहीबार विहान ८ बजे भेरी अस्पताल ल्‍याइ पुर्‍याए लगत्तै मृत्‍यु भएको छ । एन्टीजेनबाट कोरोना पोजिटीभ देखाएका उनलाई सोही दिन नारी आइसोलेशन सेन्टरमा राखिएको थियो ।

यस्तै नेपालगञ्‍ज मेडिकल कलेजमा उपचाररत बाँकेकै बैजनाथ गाउँपालिका-६ का ६४ वर्षीय पुरूषको बिहीबार विहान ४:३० बजे, बाँकेकै डुडुवा गाउपालिका-३ की ५० वर्षीया महिलाको बिहीबार विहान १ बजे, बाँकेकै नरैनापुर गाउँपालिका-५ का ४२ वर्षीय पुरूषको बिहीबार विहान २:४५ बजे र नेपालगञ्गज उपमहानगरपालिका-१२ बाँकेकी ७६ वर्षीया महिलाको बिहीबार विहान ३:४५ बजे नै मृत्‍यु भएको कोरोना फोकल पर्सन ओलीले जानकारी दिए ।

यस्तै भेरी अस्पतालमा उपचाररत राजापुर-६ बर्दियाकी ५६ वर्षीया महिलाको बुधबार साँझ ७: ४५ बजेको मृत्‍यु भएको छ। नेपालगञ्‍ज मेडिकल कलेजमा वैशाख १८ गते पीसीआर परीक्षण गर्दा कोरोना कोरोना पोजिटीभ देखाएपछि उनी वैशाख २९ गते भेरी अस्पतालमा भर्ना भएकी थिइन् । यस्तै गुलरिया-8 बर्दियाकी ३२ वर्षीया महिलाको भेरी अस्पतालमा उपचारको क्रममा बुधबार राति १०: ३५ बजे मृत्‍यु भएको छ ।

यस्तै नेपालगञ्‍ज मेडिकल कलेजमा उपचाररत तुलसीपुर उपमहानगरपालिका -५, दाङकी ३५ वर्षीया महिलाको बिहीबार विहान ५: ३० बजे र तुलसीपुर उपमहानगरपालिका-६, दाङकै ४३ वर्षीय पुरूषको बुधबार राति ८:४५ बजे मृत्‍यु भएको छ ।

योसँगै कोरोना संक्रमणबाट बाँके जिल्लाभित्रका २१४ पुगेको छ भने अन्‍य जिल्ला बाहिरका १६३ जना कोरोना संक्रमतिको उपचारका क्रममा मृत्यु भएको छ ।