१४ बैशाख २०८१, शुक्रबार

भोजपुरी फिल्म ‘प्रेमगीत २’ मा शिल्पा पोखरेलको दमदार अभिनय

shilpa12

नेपाली फिल्ममा एकसमय निकै चर्चामा रहेकी अभिनेत्री हुन् शिल्पा पोखरेल । उनको निर्माता छवीसँग सम्बन्ध बिग्रिएपछि नेपाली फिल्ममा खासै अभिनय गरेको पाइदैन । तर उनको अभिनय यति बेला भोजपुरी फिल्ममा देख्न सकिन्छ ।

उनी भोजपुरी फिल्म ‘प्रेमगीत २’ मा अभिनय गरेकी छन् । उनी अभिनित फिल्म ‘प्रेम गीत २’को ट्रेलरमा मुख्य अभिनेत्रीको भुमिकामा देख्न सकिन्छ । उनी यस फिल्ममा शिल्पा भोजपुरी स्टार प्रदीप पाण्डेको जोडीका अभिनय गरेकी छन् । हालै सार्वजनिक भएको ट्रेलरमा शिल्पा र प्रदीप पाण्डेको प्रेम र उतारचढाव देख्न सकिन्छ ।

सोनु खत्रीले निर्देशन गरेको यसफिल्मको छायांकन पोखरा आसपासको दृश्य देख्न सकिन्छ । फिल्ममा प्रदीप र शिल्पाका अलावा अमित शुक्ला, रम्भा सहानी, रोहित सिंह, सिपी भट्ट, रन्जितकुमार शर्मा, रोहित थापालगायतका कलाकारको पनि अभिनय देख्न सकिन्छ ।

एवी मोहनले लेखेको फिल्मलाई सोनु खत्रीले नै निर्माण गरेका हुन् भने फिल्मका प्रस्तुतकर्ता रत्नाकर कुमार हुन् । यस फिल्ममा अधिकांश नेपाली कलाकार तथा प्राविधिकहरुले काम गरेका छन् । हरि घले लामाको छायांकन भएको फिल्मलाई बन्दे प्रसादले सम्पादन गरेका हुन् । फिल्ममा श्री श्रेष्ठको द्वन्द्व, ओम झाको संगीत, कविराज गहतराज, शिव विक, रिकी गुप्ता, विवेक थापाको कोरियोग्राफी रहेको छ । शिल्पाले यसअघि ‘जय शम्भु’ नामक भोजपुरी फिल्ममा पनि अभिनय गरेकी थिइन् ।

    सम्बन्धित समाचार...