११ बैशाख २०८१, मंगलवार

दैलेखमा दुई हजार नाघ्यो कोरोना संक्रिमितको संख्या

dailekh swastha sewa karyalaya

दैलेखमा कोरोना संक्रिमितको संख्या दुई हजार नाघेको छ । दैलेखमा पहिलो पटक २०७७ जेठ ५ गते आठबीस नगरपालिका–१ सात्तलाका ३५ वर्षीय युवकलाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको थियो ।

त्यसयता झण्डै एघार महिनाको अवधिमा जिल्लामा दुई हजार ७० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त स्वास्थ्य व्यवस्थापक थीरप्रसाद रेग्मीले बताए । स्वास्थ्य सेवा कार्यालय दैलेखका अनुसार जिल्लामा मंगलबार मात्रै थप ५५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

यो सँगै जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या दुई हजार ७० पुगेको हो । हालसम्म १ हजार ६ सय १६ जना कोरोेनाका बिरामी निको भईसकेका छन् । अहिले जिल्लामा सक्रिय संक्रमितको संख्या ४ सय ४० छ । ती मध्ये ३७ जना मात्रै दैलेख अस्पतालको आइसोलेसनमा उपचाररत छन् ।

चार सय तीन जना घरमै छन् । जिल्लामा कोरोना संक्रमणका कारण हालसम्म १४ जनाले ज्यान गुमाई सकेका छन् । मंगलवार नारायण नगरपालिका–९ की ८० बर्षीया महिलाको दैलेख अस्पतालमै मृत्युभएसँगै दैलेखका कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १४ पुगेको हो ।