७ बैशाख २०८१, शुक्रबार

ओली सरकार परिवर्तन हुँदैन, कांग्रेस महाधिवेशन केन्द्रित हुनुपर्छः शेखर कोइराला

shekhar koirala
फाइल फोटो

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले ओली सरकारको विकल्पमा वैकल्पिक सरकारको सम्भावना अब समाप्त भएकाले कांग्रेस महाधिवेशनमै केन्द्रित हुनुपर्ने बताएका छन् । एमालेका माधव नेपाल समूहका नेताले राजीनामा नदिएपछि कांग्रेसले सत्ताको चाहना राख्न आवश्यक नभएको नेता कोइरालाले बताए ।

मुलुक अब निर्वाचनकै बाटोमा केन्द्रित भएको उनको भनाइ छ । नेपाल समूहले राजीनामा दिएको भए कांग्रेसको नेतृत्वमा सरकार बन्ने सम्भावना थियो । उहाँहरूले राजीनामा नदिएपछि ठूलो दलको संसदीय दलको नेताको हैसियतमा ओली नै फेरि प्रधानमन्त्रीमा चयन हुने सम्भावना देखियो, कोइरालाले भने ।