१६ चैत्र २०८०, शुक्रबार

ओली सरकारलाई ‘आजै बिदाइ’ गर्नुपर्ने भन्दै बाबुराम भट्टराईले प्रस्तुत गरे ४ कारण

Dr Baburam Bhattarai
फाइल फोटो

नता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाउने पर्ने ४ कारणहरु प्रस्तुत गरेका छन् । संघीय संसद्‌बाट विश्वासको मत लिन लागेका ओलीलाई आजै हटाउनु पर्ने उनको जिकिर छ।

उनले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै ओली सरकारले कोरोना संक्रमण नियन्त्रणमा पूर्ण असफल रहेको, संविधानविपरीत प्रतिनिधिसभा विघटन गरेर र दुई तिहाइनजिकको बहुमत खेर फालेर देशलाई अस्थीरतामा धकेलेको, संवैधानिक अंगलगायत राज्यका सबै अंग कब्जा गरेर लोकतन्त्र धरापमा पारेको र खोप र औषधि खरिदमा समेत भ्रष्टाचार गरेको भन्दै उनलाई आजै बिदाइ गर्नुपर्ने लेखेका हुन् ।

https://twitter.com/brb1954/status/1391597106813554688?s=20