१४ बैशाख २०८१, शुक्रबार

उपप्रधानमन्त्रीद्वारा पूर्व प्रम खनालको स्वास्थ्य अवस्थाबारे जानकारी

norvic hospital

उपप्रधानमन्त्री ईश्वर पोखरेलले आज नेकपा (एमाले) वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।

नर्भिक अस्पताल पुगेर उहाँले नेता खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिनु भएको उहाँका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी लिनुभयो ।

कोभिड–१९ सङ्क्रमण देखिएपछि नेता खनाल शनिबार अस्पतालमा भर्ना हुनु भएको थियो । उहाँलाई शनिबार साँझदेखि नै अक्सिजनको सहयोगमा उपचार शुरु गरिएको थियो ।