१३ बैशाख २०८१, बिहीबार

दमौलीमा ज्वरो क्लिनिक सञ्चालन

damauli

तनहुँको व्यास नगरपालिका–३ स्थित नेशनल एपोलो अस्पतालमा ज्वरो क्लिनिक सञ्चालनमा ल्याइएको छ ।

कोरोना जोखिम बढेपछि अस्पतालले शुक्रबारदेखि ज्वरो क्लिनिक सञ्चालनमा ल्याएको हो । अस्पतालमा आउने सर्वसाधारणलाई सहज रुपमा सेवा दिन ज्वरो क्लिनिक सञ्चालनमा ल्याइएको अस्पतालका सञ्चालक चुडामणि दाहालले जानकारी दिनुभयो । “कोभिडको सन्त्रास फेरि फैलिँदै गएको अवस्थामा चुप लागेर बस्ने अवस्था देखिँदैन”, दाहालले भन्नुभयो, “गत वर्ष कोरोना कहरमा पनि ज्वरो क्लिनिकबाट सेवा दिएका थियौ ।

”ज्वरो क्लिनिक सञ्चालनका लागि अस्पताल प्राङ्गणमा टेन्ट राखिएको छ । त्यसका लागि वडा नं ५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठ र चापाघाट स्थित कालीभञ्जन गण (इ)ले सहयोग पुर्‍याएको दाहालले बताउनुभयो ।