१२ बैशाख २०८१, बुधबार

इराकमा रहेको अमेरिकी दुतावास नजिक फेरि रकेट हमला

rocket us

इराकको राजधानि बग्दादस्थित अमेरिकी दुतावासको नजिक मिसाइल हमला भएको छ । आइतबार बिहानै केही रकेट प्रहार भएको अमेरिकी सैन्य स्रोतलाई उद्धृत गर्दै समाचार एजेन्सी एएफपीले खबर दिएको छ।

युएस अधिकारीका अनुसार इराकमा गएको अक्टुबर यता अहिलेसम्म १९ औँ पटक हमला भईसकेको छ । तर अहिले भएको रकेट हमलाबाट के कति नोक्शान भयो भन्ने बारेमा कुनै जानकारी छैन । आक्रमण कसले गरेको भन्ने पुष्टि भएको छैन ।

यो भन्दा अगाडि पनि इराकस्थित अमेरिका शैन्य अड्डामा रकेट हमला भएको थियो । अमेरिकाले भने इराक आक्रमणमा इरान समर्थित समूहको हात रहेको दाबी गरेको छ।

गत जनवरी ३ मा अमेरिकाले इरानी फौजको विशेष दस्ता क्विडका प्रमुख जनरल कासिम सुलेमानीको हत्या गरेको थियो। त्यसको आक्रोशमा इरानले ८ जनवरीमा इराकमा रहकेका दुई अमेरिकी सेनाको आधार शिविरमा मिसाइल आक्रमण गरेको थियो।

जनरल सुलेमानी इरानका एक महत्वपूर्ण व्यक्ति थिए । सुलेमानीलाई पश्चिम एशियामा इरानी गतिविधिहरुको निगरानी गर्ने प्रमुख रणनीतिकार मान्ने गरिन्थ्यो । एजेन्सी