१५ चैत्र २०८०, बिहीबार

ललितपुर महानगरका पूर्व मेयर शाक्यको निधन

Bekharatna

नेपाली कांग्रेसका नेता तथा ललितपुर महानगरपालिकाका पूर्व मेयर बेखारत्न शाक्यको ८८ वर्षको उमेरमा निधन भएको छ।

लामो समयदेखि बिरामी रहेका शाक्यको आज विहान निधन भएको ललितपुर महानगरपालिकाको उपमेयर गीत सत्यालले जानकारी दिइन्।

२०४७ सालको राजनितिक परिवर्तनपछि शाक्य २०४९ सालमा ललितपुर उनगरपालिकाको पहिले मेयर बनेका थिए। आधुनिक ललितपुर शहर बनाउन मेयर हुँदा शाक्यले ठूलो भूमिका खेलेका थिए। शाक्यका दुई छोरी एक छोरा र श्रीमती छन्।

    सम्बन्धित समाचार...