fbpx
२९ बैशाख २०७८, बुधबार

भारतसँग सीमा जोडिएका नाका बन्द गर्न सिफारिश

कोरोना रोकथाम तथा नियन्त्रण केन्द्रीय व्यवस्थापन तथा समन्वय केन्द्र (सिसिएमसी) को आजको बैठकले भारतसँग सीमा जोडिएका विभिन्न नाका बन्द गर्ने सिफारिश गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज उपप्रधानमन्त्री एवं सिसिएमसीका संयोजक ईश्वर पोखरेलका अध्यक्षतामा सम्पन्न बैठकले दोस्रो लहरको कोभिड–१९ को जोखिम क्रमशः बढ्दो भएकाले थप सचेतनाका उपायबारे सिफारिश गरेको जनाइएको छ ।

उक्त सिफारिशबारे अब बस्ने मन्त्रिपरिषद्को बैठकमा छलफल हुनेछ । बैठकमा कोरोना रोकथामका लागि विभिन्न जिल्लामा जारी गरिएको निषेधाज्ञा र अत्यावश्यक वस्तु र सेवाको सञ्चालनका विषयमा पनि समीक्षा गरिएको थियो ।