११ बैशाख २०८१, मंगलवार

एमाले दैलेखले जनप्रतिनीधि सहित २६ नेतालाई स्पष्टीकरण सोध्ने

uml dailekh

नेकपा एमाले दैलेखले पार्टीको विधान विपरित लागेको भन्दै माधव नेपाल समूहको नेताहरुलाई तीन दिने अल्टिमेटम राखेर स्पष्टिकरण सोध्ने भएको छ ।

एमालेले जिल्लाका विभिन्न स्थानीय तहमा निर्वाचिन जनप्रतिनीधि सहित जिल्ला कमिटिमा रहेका नेता, राष्ट्रिय युवा संघका नेता र अनेरास्ववियुका नेताहरु सहित २६ जनालाई तीन दिने अल्टिमेटम राखेर स्पष्टिकरण सोध्ने भएको हो । एमाले दैलेखका अध्यक्ष रविन्द्रराज शर्माको अध्यक्षतामा बिहीवार बसेका २७ औँ सचिवालय बैठकले यस्तो निणर्य गरेको हो ।

एमाले दैलेखले पार्टी एकता विरोधी गतिविधिमा संलग्न रहेको भन्दै नारायण नगरपालिकाका उपप्रमुख सावित्री मल्ल, महाबु गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाही, उपाध्यक्ष प्रेमकुमारी बुढा, चामुण्डाविन्द्रासैनी नगरपालिकाका उपप्रमुख ताराकुमारी शाही सहित १५ जना जनप्रतिनीधिहरुलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको हो ।

स्पष्टिकरण सोधिएका अन्य जनप्रतिनीधिहरुमा नौमूले गाउँपालिका–४ का वडाध्यक्ष गजबहादुर ढेंगा, भगवतीमाई गाउँपालिका–२ का वडाध्यक्ष कर्णबहादुर शाही, भगवतीमाई गाउँपालिका–४ का वडाध्यक्ष कृष्णबहादुर शाही, आठबीस नगरपालिका–५ का वडाध्यक्ष कर्ण आले, डुङ्गेश्वर गाउँपालिका–२ का वडाध्यक्ष राजु केसी, नौमूले गाउँपालिका गाउँ सभा सदस्य दिपक हमाल, गुराँस गाउँपालिका गाउँ सभा सदस्य पशुपती शर्मा, नारायण नगरपालिका नगर सभा सदस्य हर्कबहादुर नेपाली, नमराज शाही र रमेश केसी छन् ।

यस्तै नेकपा एमाले जिल्ला कमिटि दैलेखका उपसचिव तिलकप्रसाद रिजाल, सचिवालय सदस्य मानजबहादुर खड्का, जिला कमिटि सदस्य भीमबहादुर गुरुङ्ग, गुराँस गाउँ कमिटि सदस्य भुपेन्द्र खड्का र नेता गोकर्ण माझी, राष्ट्रिय युवा संघका उपेन्द्र शाही, अनेरास्ववीयू दैलेखका अध्यक्ष हेमन्त दसौदी, अनेरास्ववीयू केन्द्रिय लेखा आयोगका सदस्य भुपेन्द्र शाही, राष्ट्रिय युवा संघका सदस्य अशोक थापा, टोपबहादुर थापा र धिरज कार्कीलाई स्पष्टिकरण सोध्ने निर्णय भएको एमाले दैलेखका अध्यक्ष रविन्द्रराज शर्माले जानकारी दिए ।

यस्तै कर्णाली प्रदेश कमिटिमा रहेका टेकबहादुर खाण, बरुनाथ योगी, सावित्री मल्ल, मयाराम अधिकारीलाई आवश्यक कारबाहीका लागि एमाले कर्णाली प्रदेश कमिटिमा सिफारिस गरिएको अध्यक्ष शर्माले जानकारी दिए । एमाले दैलेखका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरुलाई विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट आम जनतालाई सुरक्षित राख्नका लागि स्थानीय तहका सरकारसँग समन्वय गरी आ–आफ्नो स्थानबाट परिचालित हुन आह्वान गरेको छ ।