१५ चैत्र २०८०, बिहीबार

अपराह्न ५ बजे बालुवाटारमा मन्त्रिपरिषदको बैठक कोरोना केन्द्रित रहने

pm office baluwatar

आज अपराह्न ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषदको नियमित बैठक बस्दै छ ।

बैठक तीव्र गतिमा फैलिएको कोरोना महामारीको दोस्रो लहर रोकथाम र नियन्त्रण सम्बन्धमा केन्द्रित हुने जनाइएको छ । आइतबार बसेको कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कम्तीमा तीन साता देशभर लकडाउन गर्न मन्त्रिपरिषद् समक्ष सिफारिस गरेको थियो ।

सीसीएमसी बैठकले लकडाउन गर्नुपर्ने र त्यसो गर्न नसकिए निषेधाज्ञामा जानुपर्ने सुझाएको थियो ।

त्यसैगरी पहाडमा २०० र शहरी क्षेत्रमा ५०० संक्रिय संक्रमित भएमा जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)ले निषेधाज्ञा गर्न सक्ने गरी पनि सिफारिस गरिएको थियो ।