१४ बैशाख २०८१, शुक्रबार

वीरेन्द्रनगरको कटकुवा स्वास्थ्य चौकी ‘कोभिड अस्पताल’ बनाईने

birendranagar

वीरेन्द्रनगर नगरपालिकाले कटकुवा स्वास्थ्य चौकीलाई ‘कोभिड अस्पताल’ बनाउने भएको छ ।

नगरस्तरीय कोभिड–१९ नियन्त्रण तथा रोकथाम समन्वय समितिले नगरपालिका मातहतको कटकुवा स्वास्थ्य चौकीलाई सय श्ययाको कोभिड अस्पताल बनाउने तयारी थालेको छ । दोस्रो चरणको कोरोना भाइरसबाट सुर्खेत उच्च जोखिममा रहेकाले आवश्यक पूर्व तयारीका लागि अस्पताल व्यवस्थापन गर्न लागिएको नगरपालिकाले जनाएको छ ।

नगर उपप्रमुख मोहन माया ढकालले नवनिर्मित स्वास्थ्य चौकी भवनमा कोरोना अस्पताल र आइसोलेशनका लागि आवश्यक पूर्वाधारको व्यवस्थापन भइरहेको बताउनुभयो । “वडास्तरीय कोरोना सङ्कट समितिलाई पनि सक्रिय बनाई वडा तहमा जोखिम न्यूनीकरणका गतिविधि गर्दैछौँ”, उहाँले भन्नुभयो ।

“सरकारले जारी गरेका जनस्वास्थ्यका मापदण्डको प्रभावकारी पालनाका लागि सम्पूर्ण संयन्त्रको परिचालन गरेका छौँ ।” नगरभित्रका कोभिड १९ का बिरामीको व्यवस्थापनका लागि एम्बुलेन्स पनि सञ्चालनमा ल्याउने भएको छ ।