१४ बैशाख २०८१, शुक्रबार

पोखराका सङ्क्रमितको मृत्यु

corona death

पोखराका कोरोना सङ्क्रमितको यहाँ मृत्यु भएको छ ।

मृत्यु हुनेमा पोखरा महानगरपालिका–८ का ७२ वर्षीय छन् । मुटु, मधुमेह, रक्तचाप र निमोनियाको समस्या भई यही वैशाख ५ गते पुरानो मेडिकल कलेजमा भर्ना भएका उनको उपचारका क्रममा आज बिहान ६:३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार उनलाई वैशाख ६ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएसँगै उनको कोभिड सघन उपचारकक्षमा उपचारका क्रममा मृत्यु भएको हो ।