७ बैशाख २०८१, शुक्रबार

गृहमन्त्री थापाद्वारा शपथ ग्रहण

badal home miniister appointed

राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष आइतबार नवनियुक्त गृहमन्त्री रामबहादुर थापाले एक समारोहबीच पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत उच्चपदस्थ पदाधिकारीको उपस्थिति थियो ।

राजनीतिक दल परिवर्तनका कारण राष्ट्रिय सभाको सदस्य नरहनु भएका उहाँको मन्त्री पदबाट स्वतः मुक्तिपछि प्रधानमन्त्री ओलीले थापालाई आज मन्त्रीमा पुनः नियुक्त गर्नुभएको थियो ।