१३ बैशाख २०८१, बिहीबार

कर्णालीमा सरकार जोगाउने एमाले सांसदलाई मन्त्री उपहार

Floor cross samsad 1024x590 1

नेपालमै पहिलोपटक पार्टीको ह्वीपलाई बेवास्ता गर्दै माओवादी केन्द्रको सरकार जोगाउने एमाले सांसदलाई मुख्यमन्त्री महेन्द्र शाहीले मन्त्री पदको उपहार दिएका छन् । शुक्रबार फ्लोर क्रस गर्दै सरकार जोगाउने एमाले सांसद नन्दसिंह बुढा, कुर्मराज शाही र अमरबहादुर थापा र कुर्मराज शाहीलाई मुख्यमन्त्री शाहीले मन्त्रीमा नियुक्त गरेका हुन् ।

बुढा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भएका छन् । यस्तै अमरबहादुर थापा भौतिक पूर्वाधार विकास र कुर्मराज शाही उद्योग, पर्यटन, वन तथा वातवरणमन्त्री नियुक्त भएका हुन् । बुढा भने दोहोरिएर मन्त्री बन्ने भाग्यमानी सांसद रहे ।

निवर्तमान पर्यटनमन्त्री रहेका उनी दुई हप्तामा फेरि मन्त्रीको कुर्सीमा बसेका हुन् । शुक्रबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिँदा एमालेका चार सांसदले फ्लोर क्रस गरेर माओवादी केन्द्रको सरकार जोगाएका थिए ।