
जिल्लाको नारायण नगरपालिका वडा–९ चुप्प्रा लाखेतडामा रहेको पञ्चकोशी पोल्ट्री फार्ममा आगलागि हुदाँ ११ लाख बराबरको क्षती भएको छ ।
विहीबार रातिको समयमा लागेको आगोबाट दुल्लु नगरपालिका–११ कालभैरका चित्रबहादुर भण्डारीको फार्ममा आगलागि हुदाँ १५ सय कुखुराका चल्ला जलेको बताउँछन् ।
उनि भन्छन् फार्ममा १५ सय कुखराका चल्ला हालेको थिए । आगोले सबै नस्ट बनाइदियो । फार्ममा पुराना कुखुुरा घटेपछि एउटा चल्लाको मुल्य १५ रुपयाँ हालेर १५ सय चल्ला हालेकोमा सबै नष्ट भएका छन् ।
५ लाख खर्च गरेर निर्माण गरिएको फार्मका ३ वटै कोठाहरु पुर्ण रुपले जलेका छन् । राति दश बजेतिर फार्मबाहिर गान्नगुन्न आवाज निस्कीएको र आफु बाहिर आउँदा आगो लागेको देख्न साथ नियन्त्रणको प्रयास गरे पनि खरले छाएको हुँदा आगो नियन्त्रण गर्ने नसकिएको भण्डारीले बताए ।
उनका अनुसार आफुहरु फार्म भित्रै सुतिरहेको समयमा आगो लाग्नुले आगो कसैले लगाइदिएको हुन सक्छ । “यदि कसैले नलगाएको भए कसरी आगो लाग्छ ?” उनि भन्छन् । आफुहरुले आगो सम्बन्धी कुनै काम नगरेकोले आगो ब्यक्तिगत रिसिविका कारण कसैले लगाएको भण्डारीले शंका गरेका छन ।
आगो लागेको थाहा पाए लगतै गएको प्रहरी टोलिले आगो निभाउने प्रयास गरेपनि प्रयास सफल हुन नसकेको प्रहरी चौकी चुप्राका इन्चार्ज जगदिस केसीले बताए । उनले घटनाको प्रकुति र क्षतिको विवरण सम्बन्धमा थप अनुसन्धान भईरहेको जानकारी दिएका छन् ।