१२ बैशाख २०८१, बुधबार

मुकुन्द भट्टको निर्देशनमा फिल्म ‘एक्स ९’ निर्माणको घोषणा

फिल्म ‘लप्पन छप्पन र लप्पन छप्पन २’का निर्देशक मुकुन्द भट्टले नयाँ फिल्म निर्देशनको घोषणा गरेका छन् । सामाजिक संजालबाट घोषणा गर्दै उनले फिल्मको नाम ‘एक्स ९’ रहेको जानकारी दिएका छन् ।

विश्वको अगाडि नेपाली फिल्मलाई उभ्याउनुपर्ने भन्दै मुकुन्दले महंगो बजेटको फिल्म घोषणा गरेका हुन् ।

यो फिल्मलाई नेपालकै सबैभन्दा ठूलो एक्सन र थ्रिलर कथाको फिल्म भनेका छन् । फिल्मलाई यादवप्रसाद पाठकले निर्माण गर्नेछन् ।

‘एक्स ९–लेभल १’ भनिएको यो फिल्मको कलाकारको बिषयमा कुनै जानकारी दिइएको छैन ।

यो फिल्मका लागि नायक अनमोल केसीलाई शिर्ष भूमिकामा अफर गरिएको बताइएको छ । तर अनमोलले भने अहिलेसम्म गर्ने वा नगर्ने बिषयमा केही पनि बताएका छैनन् ।

उनले लेखेकोका छन्, कलाकार सहित बाँकी जानकारी चाहिँ वैशाख २० गते गर्नेछौ।

174403910 3828278947250447 1147374309120809243 n