१३ बैशाख २०८१, बिहीबार

निफमा तिन वटा नेपाली फिल्मले प्रतिष्पर्धा गर्ने

1618306714 Niff

नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सब (नीफ) २०२१मा यो वर्ष तिनवटा नेपाली चलचित्रले नेपाली फिचर फिल्म प्रतिस्पर्धामा अन्तर्गत भाग लिने भएकाछन । आयोजक नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष केपी पाठकले महोत्सवका लागि नेपाली चलचित्र ‘लाटोकोसेरा,सरिता११बर्ष र आमा खान्डो फिचर फिल्म प्रतिस्पर्धाको लागि छानिएको बताए ।

महोत्सवका लागि विश्वका विभिन्न ५२देशबाट४सय ५० चलचित्र प्राप्त भएको छ । आन्तरिक छनौट समितिले दिएको नम्बरको आधारमा उच्च नम्बर पाउने चलचित्रहरुमध्येबाट ३१ देशका ६३ फिल्म लाई महोत्सवमा प्रस्तिस्पर्धाको लागि पहिले नै छनोट गरिएको थियो भने नेपाली प्रतिस्पर्धा अन्तर्गत फिचर फिल्म छनोट गर्न बाँकी राखिएको थियो भने अब निफमा ६६फिल्म देखाइनेछन ।

माथि उल्लेखित ३फिल्ममध्येबाट एक फिल्मले नेपाली फिचर फिल्म प्रतिस्पर्धा अन्तर्गत उत्कृष्ट फिल्मको एकलाख नगदपुरस्कार सहितको ट्रफी, उत्कृष्टनिर्देशक, लेखक, छायाँकार,अभिनेता र अभिनेत्री ट्रफी पाउनेछन।

‘विश्वकाकथाहरुकोउत्सब’भन्नेनाराकासाथ ‘फिल्म संस्कृति’को विकास गर्ने उद्देश्य सहित सुरु भएको फेस्टिभलमा यो वर्ष महामारीको विषयमा बनेका फिल्मलाई अलग्गै क्याटगोरीमा प्रतिस्पर्धा गराइ अवार्ड पनि वितरण गरिने आयोजकको भनाईछ । कोभिड–१९ले पारेको प्रभावमा बनेका यस्ता फिल्मले ५सय अमेरिकी डलर तथा ट्रफी प्राप्त गर्नेछन्। अन्तर्राष्ट्रिय प्रतिष्पर्धा अन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५सय अमेरिकी डलर राशि सहित गौतमबुद्ध अवार्ड प्रदान गरिनेछ ।

यसैगरि, सर्वोत्कृष्ट बृत्तचित्रलाई १ हजार डलर राशिकोमा उन्ट एभरेष्ट अर्वाड, सर्वोत्कृष्ट एनिमेटेड फिल्मलाई ७५० डलरको मञ्जुश्री अवार्ड, सर्वोत्कृष्ट लघुचलचित्रलाई ५सय डलर राशिको वाग्मती अवार्ड यथावत रुपमा प्रदान गरिनेछ । महोत्सव २०७८ बैशाख २३ देखि २७ सम्म काठमाडौंमा आयोजना हुनेछ ।