
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार आगलागी भएको छ । विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलभित्र इलेक्ट्रकि सट भइ आगलागी भएको विमानस्थलका अधिकारीले जनाएका छन् ।
विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलभित्र रहेको एयरपोर्ट टी एण्ड कफी सपमा आगलागी भएको एयरपोर्ट टर्मिनल कार्यालयले बताएको छ । एयरपोर्टको दमकलले आगलागी नियन्त्रणमा लिइसकेको छ ।

उक्त आगलागीले केहीबेर यात्रुको आवतजावत प्रभावित भए पनि नियन्त्रणमा आएको प्रहरीले जानकारी दिएको छ।
विमानस्थल बन्द भएपछि काठमाडौं विमानस्थलमा अवतरणका लागि आएका जहाज आकाशमै होल्डमा परेका छन्।
